दफा ३२
अनुगमन समितिको बैठक र निर्णय
: (१) अनुगमन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) अनुगमन समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) अनुगमन समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा अनुगमन समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) अनुगमन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) अध्यक्षले वस्तुको प्रत्यक्ष बिक्री वा वितरणसँग सम्बन्धित कुनै विज्ञलाई अनुगमन समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(६) अनुगमन समितिको निर्णय समितिको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(७) अनुगमन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(८) अनुगमन समितिको अध्यक्ष तथा सदस्यले समितिको बैठकमा भाग लिए बापत तोके बमोजिमको बैठक भत्ता पाउने छन् ।